Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

थप सुविधा सहित सनराइज बैंकको नयाँ वेबसाइट सार्वजनिक

२०७६ बैशाख ३१ गते

बैंकिङ खबर । आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सनराइज बैंकले आफ्नो वेबसाइटलाई अझ प्रविधीमैत्री बनाउदै नयाँ  रुपमा ल्याएको छ । बैंकको नयाँ वेबसाइट www.sunrisebank.com.np मा अनलाइन खाता खोल्ने सुविधा, बैंक ग्यारेन्टीको लागि अनलाइन आवेदन,प्रतितपत्र, बैंक ग्यारेन्टी प्रमाणीकरण, क्रेडिट कार्ड योग्यता जांच, ऋण योग्यता जांच जस्ता विभिन्न सुविधाहरु उपलब्धका साथै बैंक सम्बन्धि सम्पुर्ण जानकारीहरु उपलब्ध छन् ।

उक्त वेबसाइट बैंकको प्रधान कार्यालय गैरीधारामा आयोजित एक कार्यक्रममा बैंकका कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले औपचारिक रुपमा शुभारम्भ गरे । यी सुविधाहरु ग्राहकले मोबाइल मार्फत पनि प्रयोग गर्न सक्ने छन् ।

Ad