Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकले कमायो २ अर्ब २७ करोड ६४ लाख नाफा

२०७६ बैशाख ३१ गते

बैंकिङ खबर । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आकर्षक वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले २ अर्ब २७ करोड ६४ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा १ सय ४५.४० प्रतिशतले बढी हो । गत वर्ष बैंकले ९२ करोड ७६ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

ब्याज आम्दानी
चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी १ सय दशमलव ४९ प्रतिशतले बढेर ५ अर्ब ३२ करोड ३६ लाख ५७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसले २ अर्ब ४५ करोड ५२ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

निक्षेप तथा कर्जा
चैत मसान्त सम्म एनआइसी एसियाले १ खर्ब ५४ अर्ब १३ करोड ५१ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ४१ अर्ब ५५ करोड ५८ लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सञ्चालन नाफा गत वर्षको तुलनामा १४८.१० प्रतिशतले बढेर ३ अर्ब २२ करोड ३९ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसले १ अर्ब २९ करोड ९४ लाख ३० हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

एनआइसी एसियाको चैत मसान्त सम्म चुक्ता पुँजी ८ अर्ब ८३ करोड २४ लाख २८ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ४ अर्ब ५ करोड ७५ लाख ९६ हजार रुपैयाँ जम्मा गर्न एनआइसी एसिया सफल भएको छ । गत वर्ष जगेडा कोषमा २ अर्ब ६९ करोड ५६ लाख ८४ हजार रुपेयाँ थियो ।

सूचकहरु
खराव कर्जा ०.२३ प्रतिशतले बढेर ०.४५ प्रतिशत पुगेको छ । गत वर्ष खराव कर्जा ०.२२ प्रतिशत थियो । प्रतिसेयर आम्दानी गत वर्षको तुलनामा १८ रुपैयाँ ९६ पैसाले बढेर ३४ रुपैयाँ ३६ पैसा पुगेको छ । गत वर्ष यही बेला प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४० पैसा थियो ।

Ad