बैंकिङ खबर । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तारको क्रममा स्याङजा जिल्लाको वालिङ नगरपालिका वडा नं.१३ स्थित झलुङगेमा आफ्नो ८४औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक बलराम बराल तथा बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे ।
उक्त कार्यक्रममा संचालक बरालले बैंकको जानकारी गराउदै व्यापार प्रर्वधनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा जानकारी दिए ।
हालसम्म बैंकले ८४ वटा शाखा तथा ३९ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । समय सापेक्षआफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।