बैंकिङ खबर । कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब २१ करोड २१ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही हवधिको तुलनामा २३ दशमलव ०९ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७९ करोड ७१ लाख ९८ हजार रुपैयाँ कमाएको थियो ।
तेस्रो त्रैमासमा यस बैंकको वितरण योग्य नाफा भने १ अर्ब ३२ करोड ९७ लाख २९ हजार रुपैयाँ छ । खुद ब्याज आम्दानी २० दशमलव ८ प्रतिशतले वृद्धि गरी ५ अर्ब ३० करोड १९ लाख ९४ हजार रुपैयाँ पुर्याएको छ ।
कृषि विकास बैंकले आफ्ना ग्राहकबाट १ खर्ब १२ अर्ब ८४ करोड ८७ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९ अर्ब ८८ करोड ३९ लाख १० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै, अन्य बैंक तथा वित्तीय संस्थालाई ४९ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
खराब कर्जा ४ दशमलव २२ प्रतिशत र कस्ट अफ फन्ड ७ दशमलव ३६ प्रतिशत रहेको छ । यस बैंकको बेस रेट ११ दशमलव १६ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर २९ रुपैयाँ १० पैसा पुगेको छ । गत वर्ष यो २२ रुपैयाँ ९६ पैसा मात्र थियो ।