Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिन्धु विकास बैंकले कमायो ३ करोड ६० लाख नाफा

२०७६ बैशाख २५ गते

बैंकिङ खबर । सिन्धु विकास बैंकले चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा ३ करोड ६० लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको तुलनामा ९८ दशमलव ७३ प्रतिशतले बढेको हो । गत वर्ष बैंकले १ करोड ८१ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

रजर्भ कोषमा ९ करोड ७१ लाख १७ हजार रुपैयाँ रहेको बैंकले चालु आर्थिक वर्षको ९ महिनामा बैंकले ९ करोड ३३ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको यसै त्रैमासमा ७ करोढ ४० लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यसञ्चालन नाफा पनि २ करोड ८५ लाख ८ हजार रुपैयाँबाट बढेर ४ करोड ८० लाख ६६ हजार रुपैयाँ पुगेको छ । बैंकले २ अर्ब १ करोड ९१ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८२ करोड ७३ लाख ११ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ९ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १ सय १९ रुपैयाँ ४२ पैसा छ । खराब कर्जा भने ० दशमलव ५७ प्रतिशतले बढेर १ दशमलव ९३ प्रतिशत पुगेको छ । बैंकको बेस रेट ११ दशमलव ८३ प्रतिशत रहेको छ ।

Ad