बैंकिङ खबर । लक्ष्मी बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब २ करोड ९६ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ दशमलव ५५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ८६ करोड ११ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी ३४ दशमलव ४१ प्रतिशतले बढेर २ अर्ब १९ करोड ६२ लाख १७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष १ अर्ब ६३ करोड ३८ लाख ६७ हजार रुपैयाँ ब्याज आम्दानी कमाएको थियो । साथै, सञ्चालन नाफा १९ दशमलव ३३ प्रतिशतले बढेर १ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले नाफा १ अर्ब २३ करोड २ लाख ८१ हजार रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकले ७७ अर्ब ४४ करोड ६१ लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरेर ७० अर्ब ५१ करोड ५७ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २ पैसाले बढेर १५ रुपैयाँ ३९ पैसा पुगेको छ । गत वर्ष यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३७ पैसा रहेको थियो । आधारदर १० दशमलव २६ प्रतिशत रहेको छ । खराब कर्जा ० दशमलव ०४ प्रतिशतले बढेर १ दशमलव २० प्रतिशत पुगेको छ ।