
बैंकिङ खबर । एनआईसी एशिया बैंकले काठमाडौंको गोंगबुमा नयाँ शाखा खोलेको छ । काठमाडौं महानगरपालिका वडा नं २६,गोंगबुस्थित गोंगबु शाखाको उदघाटन सोही वडाका वडा अध्यक्ष ख्याम राज तिवारीले गरे ।
यस संगैं बैंकको २ सय ८२ वटा शाखा कार्यालय पुगेको छ । त्यस्तै बैंकले २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गरेको छ । यो साखा स्थापना पछि मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक भएको छ ।