Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नविल बैंकका ग्राहकले सबै शाखाबाट नेपाल इन्स्योरेन्सको निर्जीवन बीमा सेवा पाउने

२०७६ बैशाख २२ गते

बैंकिङ खबर । नविल बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धमा सहकार्य हुने भएको छ । बैंक र इन्स्योरेन्सले बीमा सम्बन्धी सेवामा सहकार्य गर्ने सम्झौता भएको छ ।

बैंक र इन्स्योरेन्सबीच भएको सम्झौता अनुुसार नविल बैंकको विभिन्न शाखामार्फत बैंकका ग्राहकहरुले नेपाल इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा सम्बन्धी सबै सेवा पाउने भएका हुन् ।

सम्झौतामा नविल बैंकका नीरज शर्मा र नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरेका छन् ।

Ad