Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सनराइज बैंकले खोल्यो नालामा शाखारहित बैंकिङ सेवा

२०७६ बैशाख २० गते

बैंकिङ खबर । सनराइज बैंकले बैंकिङ सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ आफ्नो २९ औँ शाखारहित बैंकिङ सेवा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ४, नालामा शुरू गरेको छ । शाखारहित बैंकिङ सेवाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठले गरे ।

शाखारहित बैंकिङ सेवाको एजेन्ट/प्रतिनिधि अशोक श्रेष्ठलाई पोइन्ट अफ सेल मेसिन भतmपुर शाखाका प्रवन्धक भिम नारायण श्रेष्ठले हस्तान्तरण गरे ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

Ad