Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकले ल्यायो क्यास ब्याक तथा छुट योजना

२०७६ बैशाख १८ गते

बैंकिङ खबर । एनआईसी एशिया बैंकले नयाँ योजना सार्वजानिक गरेको छ । ग्रामीण तथा शहरी सम्पुर्ण क्षेत्रमा आफ्नो सशक्त भाैितक उपस्थितिको अलावा विद्युतीय प्रविधि प्रयोग गरी बिभिन्न डिजिटल बैंकिङ्ग सेवामा समेत आफ्नो अग्रणी स्थान कायम राख्न सफल बैंकले राष्ट्रिय सुचना तथा संञ्चार प्रबिधि दिवसको अवसरमा डिजिटल पेमेन्टहरुमा क्यास ब्याक तथा डिस्काउन्ट सहितका योजनाहरु सार्वजनिक गरेको हो ।

उक्त योजनाहरुमा बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोÞबाइल बैंक मार्फत झुक्तानी गर्दा १० प्रतिशत तथा उच्चतम १ हजार सम्मको क्यास ब्याक तथा डिस्काउन्ट प्राप्त गर्ने छन् ।

उक्त योजना अन्र्तगतः
Daraz मा अनलाइन कार्डबाट झुक्तानीगर्दा , खल्तीमा अनलाइन कार्डबाट झुक्तानी गर्दा कुनैपनि कारोबारको अनलाइन पेमेन्टबाट झुक्तानी गर्दा तथा बैंकको QR PaymentSystem बाट झुक्तानीगर्दा कारोबार रकमको १० प्रतिशत वा उच्चतम १ हजारसम्मको सम्मको क्यास ब्याक ।

POS बाट झुक्तानीगर्दा १० प्रतिशत वा उच्चतम ५ सयसम्मको सम्मको क्यास ब्याक ।
बैंकको माÞे बैंकबाट एनसेल वा एनटिसीको रिर्चाज TOP UP गर्दा १० प्रतिशत वा उच्चतम १ सयसम्मको क्यास ब्याक योजना रहेका छन ।

यो योजना राष्ट्रिय सुचनातथा संञ्चार प्रबिधि दिवसको दिन बैंशाख १९, २०७६ को दिन मात्र लागु हुनेछ । यो योजनाबाट बैंकको ग्राहकमहानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंकले मुलुकभर २ सय ८१ शाखाकार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने गर्दै आएको छ ।

Ad