Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकको ३ नयाँ शाखा विस्तार

२०७६ बैशाख १३ गते

बैंकिङ खबर । एनआईसी एशिया बैंकले ३ नयाँ शाखा विस्तार गरेको छ । बैंकले ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थपदरिलो बनाउने क्रमसँगै काठमाडौं उपत्यका भित्र दुई र पर्सा जिल्लाको जगरनाथपुुुरमा १ गरि ३ नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो ।

मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ भक्तपुर स्थित राधेराधे शाखा कार्यालयको उद्घाटन सोहि वडाका वडा अध्यक्ष अमृत मान श्रेष्ठ चागुँनारायण नगरपालिका वडा नं २ दुवाकोट,भक्तपुर स्थित दुवाकोट शाखाको उद्घाटन सोहि वडाका वडा अध्यक्ष शिव हरि के.सी तथा पर्सा जिल्लाको जगरनाथपुुुर गाउँपालिका वडा नं.४पर्सा स्थित जगरनाथपुुुर शाखाको उद्घाटन जगरनाथपुुुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले गरे ।

हालसम्म बैंकले मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत आफ्ना गाहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Ad