बैंकिङ खबर । महालक्ष्मी विकास बैंक र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेन्ज भैरहवाबीच मेमोरन्डम अफ अनडरस्टयाण्डिङ सहकार्यका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कलेजका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार पिएस र बैंकका भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले सयुक्त रुपमा हस्ताक्षर गरे ।
सम्झौता पछि अब बैंकका ग्राहकहरुलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट दिइनेछ । जसअनुसार जनरल बेडमा २० प्रतिशत, सामान्य ल्याब परीक्षण, जनरल सर्जरी, डेन्टल (जनरल) र रेडियोलोजी (एक्स–रे) मा १० प्रतिशत छुट प्रदान गरिनेछ । त्यस्तै, दन्तरोग सम्बन्धि सामान्य परीक्षण (दाँतमा किरा लाग्ने समस्या)को उपचार निःशुल्क गरिने छ ।
मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत पिएसले अस्पतालले प्रत्येक वर्ष सेवा थप्दै गइरहेको बताए । उनले यस क्षेत्रका नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालन गरिँदै आएको र आगामी दिनहरुमा अन्य संघ–संस्थासंग सहकार्य गर्ने बताए ।
हालसम्म बैंकले देशैभरी ९३ वटा शाखा कार्यलय मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदा नगर्दै आएको छ । बैंकले रुपन्देही, कपिलवस्तु र नवलपरासी गरी १२ वटा शाखा मार्फत् सेवा दिइरहेकोे छ । बैंकले रुपन्देहीमा मात्रै करिब ४८ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गरेको छ ।