बैंकिङ खबर । २ अर्ब २० करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी भएको लुम्बिनी विकास बैंकले चालु आवको तेस्रो त्रैमासमा बैंकले ३४ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ८६ दशमलव २६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिको अवधिमा बैंकले १८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बचत तथा कर्जा
समीक्षा अवधिमा बैंकले २४ अर्ब ३५ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरि २२ अर्ब ३६ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप संकलन २५ प्रतिशतले बढी हो भने कर्जा लगानी २७ प्रतिशत बढी हो ।
ब्याज आम्दानी
चैत मसान्तसम्म बैंकले बैंकले ७३ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी ३७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५३ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
सुचकहरु
बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४४ पैसाबाट २० रुपैयाँ ७३ पैसा पुगेको छ । बैंकको निष्कृय कर्जा अनुपात पनि २ दशमलव ५९ बाट घटेर २ दशमलव १३ प्रतिशत भएको छ । प्रतिशेयर नेटवर्थ १ सय ६६ रुपैयाँ ३२ पैसा रहेको छ । बैंकको आधार ब्याजदर ११ दशमलव १३ र कोषको लागत ८ दशमलव ७८ प्रतिशत रहेको छ ।