Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको “मेरो बचत खाता” संचालनमा

२०७६ बैशाख १० गते

बैंकिङ खबर । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले मेरो बचत खाता सञ्चालनमा ल्याएको छ । “खोलौं बैंक खाता अभियान २०७६” अभियानलाई सफल पार्नका लागि बैंकले “मेरो बचत खाता” सार्वजनिक गरेको हो ।

बैशाख १ गते देखि लागू गरिएको मेरो बचत खाता अन्तर्गत हरेक खातामा बैंकले १ सय जम्मा गरिदिने व्यवस्था मिलाएको छ । साथै, अत्यन्त सरल प्रकृयावाट उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ ।

यस बैंकका अधिकांश शाखा कार्यालयहरु ग्रामिण क्षेत्रमा रहेकाले यस क्षेत्रका हरेक व्यक्ति माझ बैंकिङ्ग सेवा सुविधा पुरयाउने र प्रत्येक व्यक्तिलाई प्रत्यक्ष् ारुपमा आर्थिक क्रियाकलापमा सहभागी बनाउने योजना अनुरुप कार्य गरिरहेको बैंकले जनाएको छ ।

Ad