Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटिजन्स बैंकको एटिएम हिमाल हस्पिटलमा

२०७६ बैशाख १० गते

बैंकिङ खबर । सिटिजन्स बैंकले काठमाडौंको ज्ञानेश्वर स्थित हिमाल हस्पिटलमा एटिएम सेवा शुभारम्भ गरेको छ । बैंकको १२औं बार्षिकोत्सवकोे उपलक्ष्यको अवसरमा उक्त एटिएम संचालनमा ल्याएको हो । एटिएमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेल तथा हस्पिटलका अध्यक्ष लोक बिक्रम थापाले संयुक्त रुपमा गरे ।

हस्पिटलका सेवाग्राही तथा ज्ञानेश्वर क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा ६८ अर्व ६८ करोड निक्षेप संकलन गरि ६३ अर्व ५९ करोड कर्जा प्रवाह गरेको छ । सोहि अवधिमा १ अर्व ४९ करोड १४ लाख संचालन मुनाफा र १ अर्व ६ करोड खुद नाफा आर्जन गरेको छ ।

हालसम्म बैंकले ८१ वटा शाखा, ७६ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव ४ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

Ad