बैंकिङ खबर । सिटिजन्स बैंकले बारा र पर्सामा गएको विनाशकारी हावाहुरीबाट भएको अकल्पनीय जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले “सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५” को स्थापना गरेको थियो ।
बारा, पर्सा लगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहत स्वरुप उक्त राहत कोषमा बैंकको बैंकको तर्फबाट १० लाख र अन्य सहयोगी दाताहरूबाट जम्मा भएको रकम गरी कुल १० लाख ३७ हजार ९७ रुपैया ७ पैसा जम्मा भएको थियो उक्त रकम बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमाजम्मा गरेको छ ।
हालसम्म बैंकले ८१ वटा शाखा, ७६ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव ४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।