बैंकिङ खबर । ग्रीन डेभलपमेन्ट बैंकले पोखरा महानगरपालिका वडा न ३३ बागमारामा नयाँ शाखा कार्यलय विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सीले गरे ।
कार्यक्रममा बोल्दै, मेयर जि.सीले घरमा रहेको पैसा बैंकमा जम्मा गर्दा रकम सुरक्षित हुने, उत्पादनशील क्षेत्रमा बैंक मार्फत उपयोग हुने तथा ब्याज समेत आर्जन हुने भएकोले बैंकमा रकम जम्मा गर्ने बानी बसाल्न आग्रह गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्य ,वडा न.ं ३३ का वडा सदस्य दिपक लामिछाने, सरस्वती टिका बहुमुखी क्याम्पसका ब्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पौडेल, बैंकका संचालक श्यामप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए ।
हालसम्म बैंकले ९ वटा शाखा कार्यलय विस्तार गरी आर्कषक ब्याजदर प्रदान गरेको छ । साथै, बैंकले आफ्ना ग्राहकलाई सहज र सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ ।