बैंकिङ खबर । सिटिजन्स बैंकले बैंकिङ सम्बन्धि जनचेतना गर्ने उद्देश्यले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । १३औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रम गरेको हो ।
वार्षिकोत्सवको अवसरमा शनिवार विहान बैंकिङ्ग सम्बन्धि जनचेतना जागरण गर्ने उद्देश्यले प्रभातफेरी आयोजना गरेको थियो । बैंकको प्राङ्गणबाट शुरु भएको सो प्रभातफेरी सिटिजन्स बैंक (नारायणहिटीपथ – हात्तिसार, कमलादी गणेश, तिनधारा, दरबारमार्ग, नारायणस्थान हुदै बैंकको प्राङ्गणमा आएर टुगिएको थियो । उक्त प्रभातफेरी कार्यक्रममा करिव ३ सय ५० सिटिजन्सकर्मीहरूको उपस्थिति रहेको थियो ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गर्ने कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ प्रदान गरेका थिए ।
बार्हौ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विगतका कार्यक्रमहरूलाई निरन्तरता दिदैँ बैंकले गरिब बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कार्यरत्त ‘स्नो याक फाउण्डेशन’लाई आर्थिक सहयोग स्वरुप १ लाख रुपैयाँ, एड्स संक्रमित भएका बालबालिकाहरुलाई सेवा गरिरहेको संस्था ‘बेबी लाइफ होम’ किर्तिपुरलाई दुई लाख रुपैयाँ र विभिन्न उमेर समूहका असमथर्, असक्त, अपाङ्ग र मानसिक सन्तुलन गुमेर सडकमा आएका असक्तहरुको उद्धार गरी आश्रममा ल्याई औषधी उपचार सहितको गाँस, बाँसको व्यवस्था गर्दै आई रहेको छ ।
बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा १ अर्व ४९ करोड १४ लाख संचालन मुनाफा र १ अर्व ६ करोड खुद नाफा आर्जन गरेकोे छ । गत चैत्र मसान्तसम्ममा ६८ अर्व ६८ करोड निक्षेप संकलन गरी ६३ अर्व ५९ करोड कर्जा प्रवाह गरेको छ ।
बैैंकले ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।