बैंकिङ खबर । देवः विकास बैंकले आफ्ना शेयरधनीलाई ५ दशमलव ५ प्रतिशत बोनस सेयर दिने भएकोे छ । बिहीबार बसेको बैंककोे सञ्चालक समितिको बैठकले हाल कायम चुक्त पुँजीको ५ दशमलव ५ प्रतिशत बोनस सेयर दिने भएको हो ।
बैंकको प्रस्तावित बोनस शेयर नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले प्राप्त गर्ने छन् । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५३ करोड ३६ लाख ८० हजार ३ सय ४८ दशमलव ३२ रुपैयाँ रहेको छ।