Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास वैंकको “ मेरो पहिलो बचत खाता”सञ्चालनमा

२०७६ बैशाख ५ गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकले नयाँ बचत योजना सार्वजानिक गरेको छ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता, खोलौ बैंक खाता अभियानलाई सफल पार्नको लागि नयाँ बचत “मेरो पहिलो बचत खाता” योजना सञ्चालन गरेको हो ।

आफ्नो स्थापनाकालदेखि नै १ व्यक्ति– १खाता, १ परिवार – १ उद्यमी भन्ने नारा आत्मसाथ गर्दै ग्राहकहरुलाई सेवा सुविधा प्रदान गर्दै आइरहेको छ । बैशाख १ गते देखि लागु हुने गरी उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई खाता एक सय रुपैयाँ बैंकले नै खातामा जम्मा गरिदिने र ग्राहकहरुको एनटिसी वा एनसेल मोवाइल नम्बरमा एक सय रुपैयाँ बराबरको रिचार्ज टपअप गरिदिने जनाएको छ ।

खातामा दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याजदरका साथै निःशुल्क आश्वा सेवा, निःशुल्क अन्तर शाखा कारोबार,निःशुल्क मोबाइल बैकिंङ सुविधा र देशैभरीभिषा नेटवर्क अन्तर्गत रहेका करिब ३ सय एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध छन् ।

हाल बैंकले देशैभरी आफ्ना १ सय १४ वटा शाखा र २२ वटा एटिएमबाट करिब ६ लाख ग्राहकलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Ad