Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२०७६ बैशाख ५ गते

बैंकिङ खबर । कुमारी बैंकले दुई आर्थिक वर्षको साधारणसभा एकै दिन गर्ने भएको छ । प्रस्ताव गरेको कूल २१ दशमलव २५ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले साधारण सभाका लागि बैशाख ६ गते शुक्रबार बुकक्लोज गर्दैछ।

बैंकले आगामी बैशाख २६ गते बिहीबार एकैदिन सत्रौं र अठारौं वार्षिक साधारण सभा आह्वान गरेको छ। आर्थिक वर्ष २०७३ ७४को पनि साधारण सभा गर्न बाँकी रहेको बैंकले २०७४ /७५ को सहित एकैदिन सभा आह्वान गरेको हो ।

आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १२ दशमलव ७५ प्रतिशत र आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट ८ दशमलव ५० प्रतिशत गरि कूल २१ दशमलव २५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव छ।

यसैगरि बैंकको आफैँ वा सहायक कम्पनी मार्फत धितोपत्र दलाल सम्बन्धि कार्य गनै प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तीका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थापक र सर्वसाधारण शेयरधनीको तर्फबाट २/ २ जना गरि ४ जना सञ्चालक निर्वाचन गर्ने, बैंकको केन्द्रीय कार्यालय टंगालमा रहने गरि प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने लगायतका मुख्य एजेण्डा रहेका छन् ।

Ad