बैंकिङ खबर । ५६ करोड ७७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको तिनाउ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ३६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा ५ करोड ३१ लाख रुपैयाँ नाफा गरेको थियो ।
बचत तथा कर्जा
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ अर्ब ३१ करोड ८२ लाख रुपैयाँ बचत संकलन गरी ४ अर्ब ५७ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समिक्ष अवधिमा लघुवित्तको बचतमा १८ दशमलव ६२ प्रतिशतले बढी हो भने कर्जामा २०.५० प्रतिशतले बढी हो ।
ब्याज आम्दानी
चालु आर्थिक वर्षको ९ महिनामा लघुवित्तले १४ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको भन्दा २० दशमदव ७१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोह िअवधिमा लघुवित्तले १२ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
सुचकहरु
प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३४ पैसा, प्रतिशेयर नेटवर्थ १ सय २४ रुपैयाँ ६४ पैसा, खराब कर्जा ० दशमलव ३८ प्रतिशत रहेको छ ।