बैंकिङ खबर । ५७ करोड ६४ लाख रुपैयाँ चक्ता पूँजी भएको मिसन डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको ९ महिनामा ६ करोड ४६ लाख रुपैयाँ नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। जुन गतवर्षको सोही अवधिको भन्दा १५.०८ प्रतिशतले बढि हो । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ५ करोड ६१ लाख रुपैयाँ नाफा गरेको थियो ।
आम्दनी र खर्च
चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १५ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक बर्षको सोही अवभिको भन्दा आम्दानीमा २३ दशमलव २४ प्रतिशतले सुधार गरेको हो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी १२ करोड ८४ लाख रुपैयाँ थियो ।
निक्षेप र कर्जाको अवस्था
चालु आर्थिक वर्षको ९ महिनामा बैंकले ४ अर्ब ८८ करोड ६९ लाख रुपैयाँ बचत संकलन गरी ४ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । १२ करोड ७ लाख रुपैयाँ जगेडाकोष राखेको छ ।
सूचकहरु
प्रतिशेयर नेटवर्थ १ सय २० रुपैयाँ ९४ पैसा, खराब कर्जा अनुपात ०.४३, बेस रेट १३.०३ प्रतिशत, तरलता अनुपात २७.०९ प्रतिशत रहेको छ ।