Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

झण्डै ९५ लाख कमाएको सिटी एक्सप्रेसको प्रतिशेयर आम्दानी ३ रुपैयाँ १६ पैसा

२०७६ बैशाख ४ गते

बैंकिङ खबर । सिटी एक्सप्रेस फाइनान्स कम्पनीले चालु आर्थिक बर्षको नौ महिनामा ९४ लाख ९५ हजार रुपैयाँ नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। गतवर्षको नौ महिनामा फाइनान्सको कुल नाफा ३ करोड २४ लाख ९० हजार रुपैयाँ थियो ।

आम्दनी र खर्च
फाइनान्सले ब्याज आम्दानी गत वर्षको सोही अवधिमा भन्दा ३ गुणा बढी भएको विवरण प्रकाशित गरेको छ । चैत सम्म फाइनान्सले १ करोड २४ लाख २३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । त्यस्तै ब्याज खर्च भने गत वर्षको सोही अवधिमा भन्दा करिब ३ गुणाले घटेको वित्तीय विवरणमा देखिन्छ । फाइनान्सको ब्याज खर्च नौ महिनामा २७ लाख २६ हजार मात्र रहेको छ ।

निक्षेप र कर्जाको अवस्था
४० करोड २१ लाख ४२ हजार रुपैयाँ चुक्ता पूँजी भएको फाइनान्सले यो अवधिमा १० करोड ६५ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी १५ कारोड ९२ लाख ९२ हजार रुपैयाँ कर्जा लगानी गरेको देखिएको छ ।

सूचकहरु
फाइनान्सको पूँजी कोष अनुपात समिक्षा अवधिमा ५१ दशमलव ९५ प्रतिशत कायम भएको छ । प्रतिशेयर नेटवर्थ ५३ रुपैयाँ २१ पैसा र प्रतिशेयर आम्दानी ३ रुपैयाँ १६ पैसा रहेको छ ।

Ad