बैंकिङ खबर । कामना सेवा विकास बैंकले धरानको छाता चोकमा ८२ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले २०७६ वैशाख ०३ गतेबाट शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक देव कृष्ण काफ्ले तथा बैंकका प्रदेश नं। १ प्रमुख सुजन राईले नयाँ वर्षको शुभकामना प्रदान गर्दै उक्त शाखा कार्यलयको संयुक्त रूपमा शुभारम्भ गरेका छन् । उक्त कार्यक्रममा सुनसरी उध्योग वाणिज्य संघका उपाध्यक्ष गिरीधरी सापकोटाको पनि उपस्थिति रहेको थियो ।
शाखा उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख देव कृष्ण राईले बैंकको बैंकको बारेमा जानकारी गराउँदै प्रदेश नं १ मा ६ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु सञ्चालनमा आउने बताए । व्यापार विस्तारलाई तीव्रता दिने उद्धेश्य पर्यटकीय तथा व्यापारिक नगर धरानमा शाखा स्थापना गरेको बैंकले जनाएको छ ।
काठमाण्डौको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८२ वटा शाखा तथा ३७ वटा ATM मार्फत ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकले ABBS, Internet Banking, Mobile Banking, C–ASBA लगायतका सेवाहरु पनि प्रदान गरिरहेको बैंकले समय सापेक्ष आफ्नो सेवाहरु थप गर्दै जाने बताएको छ ।