बैंकिङ खबर । सिभिल बैंकले बैशाख २७ गते एकैदिन दुई आर्थिक वर्षको साधारण सभा गर्ने भएको छ। आर्थिक वर्ष २०७३ /७४ को एजिएम नै गर्न बाँकी रहेको बैंकले ०७४/७५ को सहित एकैपटक सभा आह्वान गरेको हो।
बैंकले लाभांश र साधारण सभा प्रयोजनका लागि बैशाख १० गते देखि शेयरधनी दर्ता किताब बन्द गर्दैछ । बैशाख ९ गतेसम्म कायम रहेका शेयरधनीले मात्रै सधारण सभामा सहभागि हुन पाउने छन् ।
सातौं र आठौं साधारण सभाले क्रमश आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १० दशमलव २५ प्रतिशत बोनस तथा ०७४/७५ को मुनाफाबाट ४.०५ प्रतिशत नगद लाभांश गरि कूल १४ दशमलव ३० प्रतिशत लाभांश वितरण तथा ६ जना संचालक निर्वाचन गर्नेछ ।
बैंकले २०७३/४ को मुनाफाबाट ७४ करोड ४० लाख ७९ हजार ३१२ रुपैयाँ बराबरको बोनस र ३ करोड ९१ लाख ६२ हजार ६९ रुपैयाँ नगद लाभांश तथा २०७४/७५ को मुनाफाबाट २९ करोड ४० लाख २ हजार ६९ रुपैयाँ नगद गरि ३३ करोड ३१ लाख ६४ हजार १ सय ३८ रुपैयाँ नगद लाभांश वितरणका लागि अनुमोदन हुनेछ ।
यस्तै सभामा संस्थापक र साधारण शेयरधनीको तर्फबाट ६ जना सञ्चालक निर्वाचन गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका मुख्य एजेण्डा लय गरेको छ ।