Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंक र म्याक्स हेल्थकेयरबिच सम्झौता

२०७६ बैशाख ३ गते

बैंकिङ खबर । सानिमा बैंक र म्याक्स हेल्थकेयर ईन्स्टिच्युटबिच स्वास्थ्य उपचार सुविधा सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ, बिक्रम श्रेष्ठ र हेल्थकेयरको तर्फबाट सेल्स तथा मार्केटिङका उप–प्रबन्धक, सुरज जोसेफले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता पछि सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले म्याक्स हेल्थकेयर ईन्स्टिच्युटमा साझेदार रहेका उत्तर भारतका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन् । साथै सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ५ प्रतिशत सम्म छुट पाउँन सक्नेछन् ।

म्याक्स हेल्थकेयर ईन्स्टिच्युट, भारतको दिल्लीमा अवस्थित स्वास्थ्य उपचार सम्बन्धि सेवा दिने चेन संस्था हो । हाल, यस संस्थाको १४ वटा साझेदार अस्पतालहरु छन् ।

Ad