Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवाको निःशुल्क बीमा सहितको “खोलौ बैंक खाता अभियान”नयाँ बचत योजना संचालनमा

२०७५ चैत्र २९ गते

बैंकिङ खबर । कमना सेवा विकास बैंकले निः शुल्क बीमा सहितको नयाँ बचत योजना सार्वजानिक गरेको छ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “खोलौ बैंक खाता अभियान २०७६”अभियानलाई सफल पार्ने उद्देश्यले सबै नेपालीमाझ बैंकिङ पहुँच पुर्याउने अभिप्रायका साथ बैंकले खोलौ बैंक खाता अभियानको थालनी गरेको हो ।

वैशाख १ गते देखि लागु हुने गरी उक्त बचत खाता संचालनमा ल्याएको हो । सो खाता खोल्ने हरेक व्यक्तिलाई बैंकले १ सय नगद खातामा जम्मा गरिदिने छ भने आफ्नै खर्चमा सात लाख सम्मको दुर्घटना बीमा समेत गरी दिने बैंकले जनाएको छ ।

हालसम्म बैंकले मुलुकभर ८१ वटा शाखा तथा ३७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । समय सापेक्षआफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।

Ad