Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बाग्लुङबाट पोखरामा केन्द्रिय कार्यालय सार्दै ग्रीन डेभलपमेन्ट बैंक

२०७५ चैत्र २९ गते

बैंकिङ खबर । ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो कार्यक्षेत्रलाई विस्तार गर्ने भएको छ । र्बैंकको वार्षिक साधारण सभाले आ।व। २०७४।७५ को वित्तीय विवरण पारित गर्नुका साथै बैंकको कार्यक्षेत्र तनहुँ र नवलपुर जिल्लामा विस्तार गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै, बैंकको केन्द्रिय कार्यालय बाग्लुङ्ग २ हरिशंकर रोड, बाग्लुङ्गबाट पोखरा–८,सभागृहचोक कास्कीमा स्थानान्तरण गर्ने भएको । जसका लागि नेपाल राष्ट्र बैंकबाट प्रारम्भीक स्वीकृति प्राप्त गरी स्थानान्तरणको लागि भौतिक पूर्वाधार निर्माणको कार्य भईरहेको छ जनाएको छ ।

बैंकले आफ्नो व्यवसाय विस्तारको लागि सम्भाव्य स्थानहरुमा शाखा वृद्धि गर्दै आएको छ । यसै आर्थिक वर्षमा बैंकले ५ वटा शाखा विस्तार गरिसकेकोमा निकट भविष्यमा थप ५ वटा शाखा विस्तारको प्रक्रियामा रहेको छ ।

बैंकले कृषि, पर्यटन जस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी गर्दै आएको छ भने न्यून आय भएका वर्गलाई लक्षित गरी सामुहिक जमानीमा विपन्न वर्ग कर्जा समेत प्रवाह गर्दै आएको बताइएको छ ।

शेयरधनीहरुले राखेका जिज्ञासाहरुको बारेमा अध्यक्ष गणेश कुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले प्रष्ट पारेका थिए ।

Ad