Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच सम्झौता

२०७५ चैत्र २९ गते

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच त्ख्ऋ प्रसारण गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको त्ख्ऋ नेपाल टेलिभिजनबाट दैनिक १४ पटक लामो समाचार अगाडि प्रसारण गरिने छ ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुग्ने विश्वास ब्यक्त गरे भने नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले दुबै संस्थाको बिश्वास र इमेज बढेर जाने बताए ।

समारोहमा नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले दुई सार्वजनिक संस्थाको सहकार्यबाट सिर्नजी इफेक्ट हुन गई संस्था र सरकार थप बलियो हुने बताए ।

Ad