बैंकिङ खबर । सनराइज बैंकले चैत्र १७ मा आएको विनाशकारी हुरीका कारण बारामा प्रभावित हरदिया र पर्शुराम गाउँका २ सय जना पीडित परिवारहरुलाई दैनिक प्रयोजनको लागि आवश्यक समाग्रीहरु दिएको छ । जस्तै भाँडाकुडा, टर्चलाइट, साबुन, तेल, टूथ पेष्ट, टूथ ब्रस आदि राहत सामग्री सहयोग स्वरुप प्रदान गरेको हो ।
हावहुरीले कलैया उप महानगरपालिका सहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति पुर्याएको छ ।