Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिद्धार्थ बैंकको दमौली शाखा स्थानान्तरण, शाखा संख्या १४९ पुग्यो

२०७५ चैत्र २५ गते

बैंकिङ खबर । सिद्धार्थ बैंकले तनहुँको दमौली शाखा स्थानान्तरण गरेको छ । बैंकले सो शाखा दमौली वडा नं २ सफा सडकबाट हालै दमौली व्यास नगरपालिका वडा नं ३ मा स्थानान्तरण गरेको हो । उक्त शाखाको उद्घाटन व्यास नगरपालिकाका मेयर बैकुण्ठनाथ न्यौपाने र उद्योग वाणिज्य महासंघ नेपालका केन्द्रीय सदस्य देव कुमार श्रेष्ठले सयुक्त रुपमा गरे । 

ग्राहकवर्ग र सरोकारवालाहरुको मन जित्न र थप सुविधा पुर्याउन बैंकले विभिन्न बचत खाता सञ्चालनमा ल्याउनुका साथ साथै विभिन्न सहुलियतपूर्ण कर्जा प्रदान गर्दै आइरहेको छ ।

यसैगरी बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा ल्याएको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ । हालै सञ्चालनमा आएको शाखा सहित बैंकले देशभर १४९ वटा शाखा विस्तार गरिसकेको छ ।

Ad