Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवाको वैदेशिक मुद्रा सटही सेवा शुभारम्भ

२०७५ चैत्र २१ गते

बैंकिङ खबर । कामना सेवा विकास बैंकले वैदेशिक मुद्रा सटही सुविधाको शुभारम्भ गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. ३० स्थित आफ्नै भवनमा रहेको मुख्य शाखा कार्यालय ज्ञानेश्वरबाट चैत्र २१ गतेदेखि वैदेशिक उक्त सेवा शुरु गरेको हो ।

बैंकका संचालक समितिका अध्यक्ष सुदीप आचार्य र सदस्य विशेश्वर सुवेदीले संयुक्त रुपमा उक्त कार्यक्रमको शुभारम्भ गरे । हाल बैंकको मुख्य शाखा ज्ञानेश्वरका साथै भैरहवा, सृजनाचोक पोखरा, दमौली, नारायणगढ लायन्स चोक र बुटवल शाखाबाट पनि उक्त सुविधा लिन सकिने छ ।साथै, निकट भविष्यमा बैंकका सबै शाखाहरुबाट समेत उक्त सुविधा प्रदान गर्ने लक्ष्य रहेको बैंकले जनाएको छ ।

Ad