बैंकिङ खबर । नेपाल इन्भेष्टमेण्ट बैंकले “गरिमा रेमिट’’सेवा दिने भएको छ । उक्त सेवा प्रवाह गर्र्न गरिमा विकास बैंकले नेपाल इन्भेष्टमेण्ट बैंकसँग सम्झौता गरेको हो । सम्झौतामा गरिमा विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र इन्भेष्टमेण्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले हस्ताक्षर गरे ।
सम्झौता पश्चात हाल देशभर रहेका नेपाल इन्भेष्टमेण्ट बैंकका ७८ वटा शाखा कार्यालय र १२ वटा एक्सटेन्सन काउण्टरबाट गरिमा रेमिट मार्फत रकम भुक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ ।