बैंकिङ खबर । दिर्घकालिन सोचको आवश्यकता महशुस गरी १५ औं पञ्चवर्षिय योजनाको आधारपत्रमा मार्गचित्र सहित दिर्घकालिन राष्ट्रिय लक्ष्य र रणनीति तयार पारिएको छ । जसलाई सरकारले मुलुक रुपान्तरणको प्रमुख सम्वाहकको रुपमा लिएको छ । मुलुकककोे हालको विभिन्न परिसुचकरु २५ वर्ष पछि तुलनात्मक रुपमा रुपान्तरण गरिने तथ्याङ्क सहित नेपाल उच्च आय भएको मुलुक बन्ने महत्वकांक्षी लक्ष्य सरकारले लिएको छ ।
के के छन् सरकारले प्रस्तुत गरेका महत्वकांक्षी सुचकहरु (३३ बुँदामा)
- हाल ५ दशमलव ९ प्रतिशत रहेको आर्थिक वृद्धिदरलाई औंषत १० दशमलव ५ प्रतिशत पुर्याउने ।
- कुल गार्हस्थ उत्पादनमा कृषि र वन क्षेत्रको योगदान २७ दशमलव ६ प्रतिशतबाट ९ प्रतिशत कायम गर्ने ।
- कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान १४ दशमलव ८ प्रतिशतबाट ३० प्रतिशत पुर्याउने ।
- कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ५७ दशमलव ६ प्रतिशतबाट ६१ प्रतिशत पुर्याउने ।
- प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार १२ डलर बाट १२ हजार १ सय पुर्याउने
- निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या १८ दशमलव ७ प्रतिशतबाट शुन्य प्रतिशत कायम गर्ने ।
- आम्दानीको माथिल्लो १० र तल्लो ४० प्रतिशत अनुपात १ दशमलव ३ प्रतिशतबाट १ दशमलव १ प्रतिशत कायम गर्ने ।
- सम्पत्तिमा आधारित जिन गुणक ०.३१ बाट ०.२५ प्रतिशत कायम गर्ने ।
- बहुआयमिक गरिबीमा रहेको जनसंख्या २८ दशमलव ६ प्रतिशतबाट ५ प्रतिशत कायम गर्ने ।
- १५ वर्ष माथिको श्रम शक्ति सहभागिता दर ३८ दशमलव ५ प्रतिशतबाट ७२ प्रतिशत पुर्याउने ।
- बेरोजगारी दर ११ दशमलव ४ प्रतिशतबाट ३ प्रतिशतमा कायम गर्ने ।
- रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा ३६ दशमलव ५ प्रतिशतबाट ७० प्रतिशत पुर्याउने ।
- जलविद्याुत र नविकरणीय उर्जाको जडित क्षमता १ हजार ७४ मेगावाटबाट ४० हजार मेगावाट पुर्याउने ।
- प्रतिब्यक्ति विद्युात उपभोग प्रतिघण्टा १ सय ९८ किलोवाटबाट ३५ सय किलोवाट बनाउने ।
- विद्युत पहुँच प्राप्त परिवार ९० दशमलव ७ प्रतिशतबाट शतप्रतिशत बनाउने ।
- ३० मिनेटको दुरीमा यातायातको पहुँच भएको परिवार ७८ दशमलव ९ प्रतिशतबाट शतप्रतिशत पुर्याउने ।
- राष्ट्रिय तथा प्रादेशिक लोकमार्ग ६ हजार ९ सय ७९ कि.मि बाट ३३ हजार कि.मि बनाउने ।
- २ हजार कि.मि दु्रत मार्ग निमाण गर्ने ।
- रेलमार्गलाई ४२ कि.मि बाट २२ सय कि.मि बनाउने ।
- इन्टरनेट प्रयोगकर्ता ५५ दशमलव ५ प्रतिशतबाट शतप्रतिशत पुर्याउने ।
- औषत आयू ६९ वर्ष ७ महिनाबाट ८० वर्ष पुर्याउने ।
- मातृ मृत्युदर जिवित जन्ममा प्रतिलाख २ सय ३९ बाट २० कायम गर्ने ।
- पाँच वर्ष मुनिको बाल मृत्युदर जिवित जन्ममा प्रतिहजार ३९ जनाबाट ८ जनामा सिमित गर्ने ।
- ५ बर्ष मुनिका कम तौल भएका बालबालीका २७ प्रतिशतबाट २ प्रतिशत कायम गर्ने ।
- १५ वर्ष माथिकाको साक्षरता दर ५८ प्रतिशतबाट ९६ प्रतिशत पुर्याउने ।
- यूवा साक्षरता दर (१५ देखि २४ वर्ष) ८५ प्रतिशतबाट शतप्रतिशत पुर्याउने ।
- माध्यमिक तहमा खुद भर्नादर (९ देखि १२ कक्षा) ४३ दशमलव ९ प्रतिशतबाट ९५ प्रतिशत पुर्याउने ।
- उच्च शिक्षा कुल भर्नादर ९ दशमलव ५ प्रतिशतबाट ४० प्रतिशत पुर्याउने ।
- उच्च र मध्यम स्तरको खानेपानी सुविधा पुगेको जनसंख्या २० प्रतिशतबाट ९५ प्रतिशत पुर्याउने ।
- आधारभुत समाजिक सुरक्षमा आवद्ध जनसंख्या १७ प्रतिशतबाट शतप्रतिशत पुर्याउने ।
- पाँच वर्ष मुनिको वालवालिकाको जन्मदर्ता १५ प्रतिशतबाट शतप्रतिशत पुर्याउने ।
- लैंगिक विकास सुचकांक ०.९२५ बाट १ पुर्याउने ।
- मानव विकास सुचकांक ०.५७४ बाट ०.७६० पुर्याउने ।
स्रोत : राष्ट्रिय योजना आयोगले तयार पारेको १५ औं योजना आधारपत्र बाट