बैंकिङ खबर। ज्योति विकास बैंकले अजोड इन्स्योरेन्सको बीमा सेवा प्रदान गर्ने भएको छ । मंगलबार दुई संस्था बीच बीमा सेवा सम्झौतामा हस्ताक्षर भएसँगै ज्योति विकास बैंकले अजोड इन्स्योरेनसको बीमा सेवा प्रदान गर्ने भएको हो । उक्त सम्झौतामा ज्योति विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतासँगै ज्योति विकास बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
अघिल्लो साता मात्रै ज्योति विकास बैकले हाम्रो बिकास बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार सुरुवात गरेको थियो । हाल ज्योति विकास बैंकको ग्राहक संख्या २ लाख ४० हजारभन्दा बढि, निक्षेप २६ अर्व ३८ करोड रुपैयाँ र कर्जा २३ अर्व ५७ करोड रुपैयाँ रहेको छ । बैंकले ९५ वटा शाखा २३ वटा ब्त्ः र २ वटा एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । हाम्रो विकास बैंकलाई प्राप्ति गरेसँगै बैंकको चुक्ता पँुजी ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ । चुक्ता पँुजीको हिसावले देशकै ठुलो विकास बैंक बन्न सफल भएको ज्योति विकास बैंकले चालु आर्थिक वर्ष भित्रै २ वटा नयाँ शाखा र २६ स्थानमा ब्त्ः संचालनमा ल्याउने तयारी गरिरहेको छ ।