Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैंककोे नयाँ शाखा काठमाडौंको नयाँ बानेश्वरमा

२०७५ चैत्र १७ गते

बैंकिङ खबर । कामना सेवा विकास बैंकले आफ्नो ७८औं शाखा काठमाडौंको नयाँ बानेश्वरमा स्थापना गरी सञ्चालनमा ल्याएको छ । सो शाखाबाट बैंकका सञ्चालक विशेश्वर सुवेदी, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् नेपाल ट्रेड फेयरका संयोजक दिलसुन्दर श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र बैंकका नायब महाप्रबन्धक हरिप्रसाद लम्सालले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन्

बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले व्यावसायिक क्षेत्रमा शाखा स्थापना गरिएको जानकारी दिँदै २०८०सम्म उत्कृष्ट विकास बैंकका रुपमा स्थापित हुने बताए । बैंकले समय सापेक्ष आफ्ना सेवा थप गर्दै जाने तयारीमा रहेको बस्नेतले बताए ।

बैंकले ७८ वटा शाखा, १८ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।बस्नेतका अनुसार बैंकले चालू आर्थिक वर्ष्भित्रै बैंकको शाखा सय पुर्याउने लक्ष्य रहेको छ ।

Ad