बैंकिङ खबर । नेपाल बङलादेश बैंकले झापा जिल्लाको दमकमा नयाँ शाखा कार्यलय संचालनमा ल्याएको छ । बैंकले ८६औं शाखा संचालनमा ल्याएको हो। उक्त शाखाको समुद्घाटन दमक नगरपालिकाका उप मेयर गिता अधिकारी तथा बैंकका संचालक मुकुन्दनाथ ढुङ्गेल द्धारा गरिएको थियो।
त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
हालसम्म बैंकले ८६ शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित बंैकिङ सेवा तथा ६७ वटा एटिएमबाट ग्राहकलाई बैंकिङ सुविधा दिंदै आएको छ।