Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंकको चार नयाँ शाखा विस्तार

२०७५ चैत्र १५ गते

बैंकिङ खबर । गरिमा विकास बैंकले सुर्खेत जिल्लाको बीरेन्द्रनगर, बाँके जिल्लाको चप्परगौडी, लमजुङ जिल्लाको बेसीशहर र नुवाकोट जिल्लाको बट्टारमा नयाँ शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ ।

बीरेन्द्रनगर शाखाको उद्घाटन बीरेन्द्रनगर नगरपालिकाका मेयर देव कुमार सुवेदी, चप्परगौडी शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयका नायब निर्देशक नारायण पोखरेल, बेसीशहर शाखाको उद्घाटन बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल र बट्टार शाखाको उद्घाटन विदुर नगरपालिकाका मेयर सञ्जु पंडितले गरेका हुन् ।

हालसम्म बैंकले ७२ शाखा र १८ वटा एटीएम मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले निकट भविष्यमा नै देशका विभिन्न स्थानहरुमा १९ शाखाकार्यालयहरु स्थापना गर्दैछ ।

Ad