Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

माछापुच्छ्रे बैंकको ऋणपत्र, एनएमबि क्यापिटलले निष्काशन गर्ने

२०७५ चैत्र १४ गते

बैंकिङ खबर । माछापुच्छ्रे बैंक र एनएमबि क्यापिटलबीच ऋणपत्र निष्काशन सम्बन्धी सम्झौता भएको छ । बैंकले १० दशमलव २५ प्रतिशत माछापुच्छ्रे डिवेञ्चर  २०८५ नामक ३ अर्ब ऋणपत्र निष्काशन गर्नका लागि ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका थिए ।

सम्झौता पछि माछापुच्छ्रे बैंकको ३ अर्ब ऋणपत्र निष्काशनका लागि सम्पुर्ण कामहरु निष्काशन प्रबन्धकको रुपमा एनएमबि क्यापिटलले सम्पन्न गर्ने छ ।

ऋणपत्र निष्काशनका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट आवश्यक अनुमाति प्राप्त गरीसकेको छ । साथै नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमाति लिइ बैंकले विक्रीको लागि आवेदन खुल्ला गर्ने छ ।

ऋणपत्रका विषेशताहरु
१ वार्षिक १०.२५ प्रतिशत दरको आकर्षक ब्याजदर रहेकोे
२. प्रति ऋणपत्र अंकित मूल्य रु. १,०००  दरका ३०,००,००० कित्ताको जम्मा रु. ३,००,००,००,००० (तीन अर्व रुपैयाँ मात्र) निष्काशित ऋणपत्रमा १८,००,००० (अठार लाख) कित्ता ऋणपत्र परिपत्र विधि Private Placement बाट र १२,००,००० (बाह्र लाख) कित्ता ऋणपत्र सार्वजनिक निष्काशन प्रक्रियाबाट बिक्री गरीने
३. ऋणपत्रको अवधि १० बर्ष रहने
४. नेपाल स्टक ऐक्स्चेन्जमा सुचिकृत भई कारोबार हुने भएकोले आवश्यक पर्दा विक्री गर्न सकिने
५. बैंक तथा वित्तिय संस्थाहरुबाट ऋणपत्र धितो राखी आवश्यक पर्दा क्रण लिन सकिने
६. अर्ध बार्षिकरुपमा (६/६ महिनामा) ब्याजको भुक्तानी गरीने

Ad