Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नबिल बैंकले शुरु गर्यो ५ लाख देखि डेढ करोडसम्मको नारी कर्जा योजना

२०७५ चैत्र १४ गते

बैंकिङ खबर । नबिल बैंकले नबिल नारी अन्तर्गत तीन वटा कर्जा योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत नबिल प्रिमियम नारी बचत खाता र नबिल नारी कर्जाका साथै साना तथा मझौला कार्यक्रम अन्तर्गत महिलाद्वारा सञ्चालित साना व्यवसाय कर्जा रहेका छन् ।

बैंकले चर्चित अभिनेत्री प्रियङ्का कार्कीलाई नबिल नारीको अग्रणीको रुपमा नियुक्त गरेको छ । बैंकले महिला बचत खातामा ४ दशमलव ५ प्रतिशत व्याजदर दिने भएको छ । उक्त खाता अन्तर्गत क्रेडिट कार्ड, डिमान्ड ड्राफ्ट, लकर लगायतका सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।

कर्जाको ब्याजदर भने १५ लाखको सीमासम्म भए ३ दशमलव ९४ प्रतिशत र सो भन्दा बढी १ करोड ५० लाखसम्म भए ९ दशमलव ९९ प्रतिशतसम्म व्याजदरमा प्रदान गरिने बताइएको छ । नारी कर्जाको न्यूनतम सीमा भने ५ लाख तोकिएको छ ।

बैंकले सार्वजनिक गरेको कर्जा योजनामध्ये नबिल नारी कर्जाका लागि आवेदन दिएका आवेदकले ५ कार्य दिन भित्र ऋण प्राप्त गरिसक्ने बैंकले जनाएको छ । ऋण आवेदनका लागि कुनै पनि साझेदारी संस्था भए कम्तीमा ५० प्रतिशत हिस्सा महिलाको र कम्पनी संरचनाको संस्थामा कम्तीमा ५१ प्रतिशत होल्डिङ महिलाको हुनुपर्ने अनिवार्य शर्तको व्यवस्था गरिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने “हाम्रा नारीहरुको लागि प्रदान गरिएको बंैकिङ सुबिधाले सबै नेपाली महिलाहरुलाई आफ्नो सुरक्षित भविष्यको लागि अगाडी बढ्न, महिला उद्यमीहरुलाई आÏनो प्रगति र विकासमा लगानी गरी आफु तथा आÏनो परिवारका साथै ठुलो संख्यामा रहेको हाम्रो समाजलाई सबल बनाउने काममा अगाडी बढ्न प्रोत्साहन गर्नेछ भन्ने कुरामा मलाई पूर्ण विश्वास छ । साथै महिलाले उच्च गुणस्तरको कर्जाको स्रोतमा पहु“च सहित सबल ब्यवसायको शुरुवात गर्न, गरिबीबाट छुट्कारा पाउनुका साथै राष्ट्रको आर्थिक विकासमा ठुलो योगदान कर्ताको रुपमा आफुलाई उभ्याउन सक्नेछन भन्ने कुरामा विश्वास लिएको छु ।”

हालसम्म बैंकले ७५ शाखाहरु, १ सय २८ एटिएम काउण्टर, १५ सय भन्दा बढी रेमिट एजेण्ट सहितको ब्यापक स्थानीय सञ्जाल तथा संसार भरीका प्रशस्त सम्पर्क संस्थाहरुको माध्यमबाट देश विदेशमा आफ्नो सेवालाई बिस्तार गरि रहेको छ ।

Ad