Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिन्धु बिकास बैंकले लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को बीमा सेवा उपलब्ध गराउने

२०७५ चैत्र १४ गते
?

बैंकिङ खबर । सिन्धु बिकास बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) बीच बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले हस्ताक्षर गरेका छन् ।

सम्झौता सँगै सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले प्रदान गर्न बीमा सेवा बैंक बाटै लिन सक्नेछन् । बैंकले पनि सेवाग्रहीलाई लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को बीमा सम्बन्धी सुविधाहरु सहज रुपले उपलब्ध गराउने भएको छ ।

Ad