बैंकिङ खबर । एनआईसी एशिया बैंकले बुटवल वडा नं १३, रुपन्देही स्थित बेलबासमा नयाँ शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन बैंकका प्रमुख मानव संसाधन तथा विकास अधिकृत कपिल ढकालले गरे ।
कार्यक्रममा बोल्दै, ढकालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिवृद्धि गर्ने कार्यमा महत्वपुर्ण योगदान पुर्याएको जानकारी दिए ।
हालसम्म बैंकले मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदा नगर्दै आएको छ ।