Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिन्धु विकास बैंकको १४ औं शाखा काभ्रेको पनौतीमा, डेपुटी गभर्नर शिवाकोटीले गरे समुद्घाटन

२०७५ चैत्र ८ गते

बैैैंकिङ खबर । सिन्धु विकास बैंकले काभ्रेको पनौती शाखाको समुद्घाटन गरेको छ । बैंकको पनौति शाखाको समुद्घाट शुक्रबार एक कायक्रम बीच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले गरे । कार्यक्रममा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले बैंकको हाल सम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा आफ्नो मन्तव्य राखेका थिए । पनौतीमा नयाँ शाखा खुलेसँगै बैंकको शाखा संख्या १४ वटा पुगेको छ ।

कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपाने र पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापाले शुभकामना मन्तव्य राखेका थिए । निकट भविष्यमा नै चितवन र मकवानपुर जिल्लाको विभिन्न स्थानहरुमा बैंकले थप शाखा कार्यालय स्थापना गर्ने तयारी गरिरहेको प्रमुख कार्यकारी अधिकृत जोशीले बताए ।

बैंकले २०६७ साल भदै २२ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा केन्द्रिय कार्यालय र काभ्रेको बनेपामा कर्पोरेट कार्यालय राखेर कारोबार सुरु गरेको थियो । बैंकले हाल केन्द्रिय कार्यालय र कर्पोरेट कार्यलयको साथै मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे र पनौती गरी कुल १४ वटा शाखा तथा सुकेटे र सिलढुङ्गामा रहेको सिमित बैंकिङ्ग ईकाई कार्यालय बाट सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

Ad