Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ललितपुरको कुमारीपाटिमा गरिमा विकास बैंकको ७२ औं शाखा, उपत्यकामै पुग्यो ८ शाखा

२०७५ चैत्र ७ गते
बैंकिङ खबर । गरिमा विकास बैंकले ललितपुरको कुमारीपाटी शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । विहिबार आयोजीत एक कार्यक्रमका विच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले बैंकको उक्त शाखा कार्यालयको उद्घाटन गरे ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकको हाल काठमाडौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७२ वटा शाखा तथा १७ वटा एटीएम बाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको मिलनचोक, दाङ्गको तुल्सीपुर र कास्कीको हेम्जामा समेत शाखा कार्यालय खोल्ने तयारी गरिरहेको जनाएको छ ।

चालु आर्थिक बर्षको चैत्र ६ गतेसम्म बैंकले २८ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Ad