बैंकिङ खबर। कामना सेवा विकास बैंक र एभरेष्ट इन्स्योरेन्स बिच बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एभरेष्ट इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरे । सम्झौता सँगै बैंकको देशभर रहेको ७३ वटै शाखाहरुबाट सेवाग्राहीले सहज रुपमा एभरेष्ट इन्स्योरेन्सको निर्जीबन बीमा सेवा लिन सक्नेछन् । सम्झौतासंगै बैंकको व्यावसाय प्रवद्र्धनको साथै सेवाग्राही लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।
काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले ७३ वटा शाखा तथा २९ वटा ATM मार्फत सम्परर्ण सेवाग्रहीलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले ABBS, Internet Banking, Mobile Banking C- ASBA , लगायतका सम्पूर्ण बैंकिङ सेवाहरु प्रदान गरिरहेको छ । आगामी दिनमा समय सापेक्ष आफ्नो सेवाहरु थप गर्दै जाने योजना लिएको बैंकले जनाएको छ ।