बैंकिङ खबर । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ८ दशमलव ७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६ दशमलव ८ प्रतिशतले बढेको थियो । त्यस्तै वार्षिक बिन्दुगत आधारमा २०७५ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २१ दशमलव ३ प्रतिशतले बढेको छ ।
यो आवधिको बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्तीमा ८ दशमलव ७ प्रतिशत, बचतमा ३३ दशमालव ५ प्रतिशत र मुद्दती खातामा ४७ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको माघ मसान्त सम्ममा यस्तो निक्षेपको वृद्धिदर चल्तीमा ८ दशमलव २ प्रतिशत, बचतमा ३६ दशमलव ६ प्रतिशत र मुद्दतीमा ४३ दशमलव ९ प्रतिशत रहेको थियो ।
चालु आर्थिक वर्षको माघ मसान्त सम्मको बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४ दशमलव ८ प्रतिशत रहेको छ ।