बैंकिङ खबर । एनआईसी एशिया बैंकको नयाँ शाखा भगवानपुर गाउँपालिका नं १,सिरहा स्थित भगवानपुरमा स्थापना गरेको छ । बैंकको नयाँ शाखाको उद्घाटन भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादवले गरे ।
हालसम्म बैंकले मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदा नगर्दै आएको छ ।