बैंकिङ खबर । माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशनको लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिएको छ ।
बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न हो । ऋणपत्रको समय अवधि १० वर्षको हुने छ । राष्ट्र बैंकले अनुमति दिएपछि धितोपत्र बोर्डमा अनुमति मागेर आवेदन दिने र बोर्डले पनि अनुमति दिएपछि छिट्टै ऋणपत्र निष्काशन बैंकले जनाएको छ ।