बैंकिङ खबर । माछापुच्छ्रे्रे बैंकले कावासोती र टाँडी शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले नवलपुरको कावासोती नगरपालिका स्थित कावासोती शाखा कार्यालय र चितवनको रत्ननगर नगरपालिका स्थित टाँडी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । कावासोती शाखा कार्यालयको उद्घाटन कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनियाले गरे भने टाँडी शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण बनले गरे ।
नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।बैंकले उक्त शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरीएको जनाएको छ ।
हालसम्म बैंकले ९६ वटा शाखा कार्यलय, १ सय १९ वटा एटीएम र ६३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १ सय ५९ स्थानवाट ग्राहकलाई सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ।